विश्व

१५ सय बालबालिका पखालाबाट बिरामी

अफगानिस्तानको उत्तरपूर्वमा रहेको टखर प्रान्तमा झाडा पखालाबाट एक हजार ५०० बालबालिका बिरामी भएको जनाइएको छ ।

पछिल्लो एक हप्तामा उक्त प्रान्तमा अत्यधिक झाडा पखालाका बिरामी भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । सरकारी अधिकारीहरुले रोग नियन्त्रणका लागि प्रयास गरिरहेको जानकारी दिएका छन् ।

गर्मी मौसम, प्रदूषित पिउने पानी, स्वास्थ्य सतर्कताको अभावलगायतका कारणले झाडा पखाला फैलिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।