विशेष

ठेचो १२ वर्षे जात्राको विषयमा पत्रकार सम्मेलन

ललितपुर । गोदावरी नगरपालिका वडा नं. १२ ठेचोको बाह्र वर्षे जात्रा गत साउन १० गते गथामुग पुजाको दिनबाट सुरु भएको छ । ठेचोको बाह्र वर्षे जात्राको बारेमा नवदुर्गा गुठीका नाइके भक्तलाल मालीले पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुमाझ प्रेस विज्ञप्ति जारी गर्दै बाह्र वर्षे जात्राको बारेमा जानकारी गराएका थिए । बाह्र वर्षे मेत्राका बारेमा नचाहिँदा हल्लाहरुको पछि नलाग्नसमेत पत्रकार सम्मेलनमा गुठीका नाइके मालीले जानकारी गराएका थिए ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले झण्डै सात सय वर्ष अगाडिदेखि मनाउँदै आएको यो बाह्रवर्षे जात्रालाई निरन्तरता दिनको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

जात्राको लागि २७ जनाको मूल व्यवस्थापन समिति गठन गरेको छ ।