ललितपुर शिक्षा

ललितपुर महानगरपालिका–१८बाट एसईई उतिर्ण विद्यार्थी सम्मानित

२०७९ साउन २७ शनिबार / ललितपुर । ललितपुर महानगरपालिका–१८ ले बि. सं २०७८ सालको एसईई परीक्षा उतिर्ण २४ जना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सो वडामा स्थायी वसोबास गर्ने विद्यार्थी हुन ।

वडा अध्यक्ष दामोदर खड्का र सदस्यहरु राधिका रोक्का, गोपाल डंगोल र निरज कुँवरले सम्मान गरेका थिए। सबैलाई सल र वुद्धको प्रतिमाले सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष  दामोदर खड्काले एसईई उतिर्ण विद्यार्थीलाई शुभकामना दिदै आर्थिक अभावको वा अन्य कारणबाट पढाई पुरा गर्न नसक्ने अवस्था आए वडाले सहयोग गर्ने बताए । उहाले वुवाआमा, आफ्नो र साथीभाइको लहलहैमा विद्यालय छनौट गर्ने भन्दापनि विद्यालयले विगतमा गरेको सफलताको आधारमा छनौट गर्न आग्रह गरे ।

उनले अध्ययनपछि विदेश जाने वातवरणको अन्त्य गर्नुपने बताउँदै नेपालमा रहेका उत्कृष्ठ कलेजमा अध्ययन गरेर नेपालीको पहिचान बनाउन सिक्नुपर्छ । उहाले एसईई सम्मन कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने बताए ।