विशेष

आजबाट प्लाष्टिक झोला प्रयोगमा रोक

२०७९ भाद्र १ / काठमाडौँ । सरकारले आज बुधबारबाट  पातालो प्लाष्टिकको झोला प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ । वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई बुधबारदेखि कडाईका साथ लागू गर्ने जनाएको हो ।

सरकारले गत वर्ष असोज १९ को राजपत्रमा सूचना प्रकाशित गरी ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

 पातलो प्लाष्टिकका झोला प्रयोग गरेको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने पनि विभागले चेतावनी दिएको छ ।