२०७९भाद्र १ \ काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन् ।
शाह बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले बताए । शाह ज्वरो र घाँटी दुख्ने समस्याका कारण
केही दिनदेखि ज्वरो र घाँटी दुख्ने समस्याका कारण उनलाई मेडिसिटी अस्पतालमा आज भर्ना गरिएको हो ।
हिमानी ट्रष्टको कार्यक्रममा लागि उनी गत २४ साउनमा अष्ट्रेलिया गएकी थिइन् । तर, अस्वस्थताका कारण उनी निर्धारित तालिकाभन्दा दुई दिन अघि नै नेपाल फर्किइन् । हिमानी ट्रष्ट अष्ट्रेलियाले संसद र मन्त्रीहरुसँग राखेको कार्यक्रम समेत छोडेर उनी हिजो नेपाल आएकी हुन् ।