२०७९ भाद्र ५ / काठमाडौं । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर शान्तिनगरस्थित कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड समस्यामा परेको छ।
उक्त सहकारी २५ वर्षदेखि सञ्चालनमा रहेको थियो । बचतकर्ताले एकै पटक बचत रकम फिर्ता गर्न माग गरेपछि सहकारीले दिन नसकेकोले समस्या आएको बताइएको छ ।
सहकारीले बचतकर्ताको अवधि पूरा भएको फिक्स डिपोजिट पनि फिर्ता नगरेको बचतकर्ताको आरोप छ ।