ललितपुर

मतदाता  नामावली अद्यावधिकसहितका विषयमा सरोकारवाला निकायसँग छलफल

ललितपुर  ।  जिल्ला निर्वाचन  कार्यालय ललितपुरले मतदाता  नामावली अद्यावधिकसहितका विषयमा मंगलबार सरोकारवाला निकायसँग छलफल गरेको छ ।
छलफलमा जिल्ला निर्वाचन  कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाले  निर्वाचन  आयोगले दिएको कार्यतालिका  प्रस्तुत  गरिन् ।
उनले भनिन्, ‘२०७९ साल बैशाख ३० गते सम्पन्न  स्थानीय तह   निर्वाचनमा ललितपुरमा १ लाख १८ हजार ९ सय ३३ जना पुरुष मतदाता तथा १ लाख २४ हजार ९ सय ५० महिलासहित  अन्य १ जना मतदाता रहेका थिए ।’
उनले २०७९ असार ३० देखि साउन १९ सम्म मतदाता  नामवली संकलन गर्दा ३ हजार ६ सय ३९ पुरुष र ३ हजार ५ सय ८६ महिला मतदाता थप भएको जानकारी दिइन् ।

  • जिल्ला प्रशासन कार्यलयका प्रमुख (प्रजिअ) घनश्याम उपाध्यले  सञ्चार जगत एवम् पत्रकारलाई निर्वाचनको दिन  समाचार संकलनको सहज वातावरण बनाउने विषयमा आयोगको निदेशन अनुसार  नेपाल पत्रकार महासंघसँग  छलफल गरी अघि बढ्ने बताए ।