ललितपुर

ललितपुरको नख्खुका कैदी हतकडीसहित फरार लुबुबाट पक्राउ

काठमाडौँ । आँखाको उपचार गर्न जाँदा काठमाडौंको महाराजगञ्ज स्थित शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालबाट भागेका कैदी भोला बुढाथोकीलाई ललितपुरको लुबुबाट पक्राउ गरिएको छ ।

नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका बुढाथोकीलाई  जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रनानी रमेश बजगाईं नेतृत्वको टिमले पक्राउ गरेको हो ।
रामेछाप घर भएका ३८ वर्षीय भोला बुढाथोकीलाई बुधवार प्रहरीले उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा लगेको थियो ।

आँखामा झुसिलकिरा बिझेर उपचार गराइरहेका बुढाथोकीलाई प्रहरीले फलोअपका लागी शिक्षण अस्पतालमा लगेको थियो ।