गृहपृष्ठ समाचार आयोगले आजदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक गर्दै

आयोगले आजदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरू गर्ने भएको छ ।

मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म संकलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरू गरिने आयोगले जनाएको छ ।

अद्यावधिक कार्यक्रम अनुसार आइतबारदेखि अर्को आइतबारसम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको समय दिईएको छ ।

उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुठा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयमा काम हुने बताइएको छ ।

नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मिति २०७९ भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

सम्बन्धित समाचार

दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिगोे दृष्टि समाचारदाता ललितपुर २०८० कात्तिक २२ गते बुधबार दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र श्रेष्ठको...

दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २८ गते आइतबार दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम ०८० असोज २८ गते आइतबार घटस्थापनाका...

ताजा अपडेट

विकासशिल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २७ गते शनिबार विकासशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा २०८० असोज २७ गते शनिबार सम्पन्न...