खेलकुद

केन्यामाथि नेपालको ४ विकेटको जित

२०७९ भाद्र १२/ काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो ट्वान्टी–२० खेलमा नेपालले आइतबार ४ विकेटको जित निकालेको छ ।  नेपालले टेस्रो खेलमा ४ विकेट जित निकाल्दा शृंखलामा २–१ को अग्रता लिएको छ ।

केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले निर्धारित २० ओभर सकिन ३ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि राष्ट्रिय टोलीमा पुनरागमन गरेको अनुभवि ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।

शृंखलामा चौथो ट्वान्टी–२० खेल सोमबार हुनेछ । पाँच खेलको ट्वान्टी–२० शृंखला पछि नेपालले केन्यासँग तीन एक दिवसीय खेल खेल्ने तालिका रहेको छ ।