ललितपुर

गोदावरी प्रेस चौतारी अध्यक्षमा मार्फा,सचिवमा महर्जन

२०७९ भाद्र १३/  ललितपुर ।  गोदावरी नगरपालिकाको प्रेस चौतारी अध्यक्षमा सुरेश मार्फा चयन भएका छन् । प्रेस चौतारी ललितपुरले सोमबार चापागाँउमा आयोजना गरेको एक समारोहले उनलाई पालिकाको अध्यक्षको जिम्मेवारी दिएको हो ।
पालिकामा गठन गरिएको समितीको जिम्मेवारी भने लक्ष्मण महर्जनले पाएका छन् ।जिल्ला अध्यक्ष वालमुकुन्द आचार्य(विएम)ले पालिका समिती देशभरमै पहिलो बनाएर इतिहास रचेको बताए । कार्यक्रममा बोल्दै भर्खरै केन्द्रले पालिकामा पालिका समिती बनाउन सकिने निर्णय अनुसार नै यो समिती विस्तार भएको बताए ।
कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रिय महासचिव हिरामान लामाले पत्रकारले स्वतन्त्र भएर काम गर्नुपर्नेमा जोड दिदै ललितपुरका पत्रकारिता उर्भर हुँदै गएकोमा खुशी व्यक्त गरे ।

प्रदेश सासंद चेतनाथ सञ्जेलले आफूले पाँच बर्षमा धेरै काम गरेको दावी गर्दै प्रचार प्रसार नभएकोमा दुखेसो पोखे ।
जिल्ला कार्यालय सचिव रमेशचन्द्र घिमिरेले प्रेस चौतारीमा आवद्ध भएपछि पत्रकारले पार्टीको प्रचारमा लाग्नु पर्ने बताए ।  ।