गृहपृष्ठ समाचार काठमाडौँ उपत्यकामा डेंगुको प्रकोप

काठमाडौँ उपत्यकामा डेंगुको प्रकोप

काठमाडौँ । काठमाडौँ उपत्यकामा केही दिन यता डेंगुले प्रकोपको रुप लिन थालेको छ ।  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार ३५ वर्षीय एक युवकको डेंगुका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीहरू भर्ना गरिएका छन् । टेकु अस्पतालमा डेंगुका बिरामीले बेड नै पाउन मुस्किल भईरहेको छ । टेकुमा चार जनालाई आईसीयूमा राखेर उपचार गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा ११, टेकुमा २२ जना, पाटन अस्पतालमा १५ जना, वीर अस्पतालमा ४ जना बिरामीलाई भर्ना गरेरै उपचार गरिएको छ । टेकु र पाटनमा दैनिक ५० देखि ६० जनाका दरले डेंगुका बिरामी पुग्ने गरेको पनि अस्पतालहरुले जनाएका छन् ।

पाटन अस्पतालले गत साउन १ यता ६ सय बढी बिरामीमा डेंगु पुष्टि भएको जनाएको छ ।एडिस एजिपटाइप जातको पोथी लामखुट्टेको टोकाईबाट यो रोग सर्ने गर्दछ भने यो लामखुट्टे शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।  उच्च ज्वरो, थकान, जोर्नी दुख्ने, आँखाको गेडी सुन्निनेजस्ता लक्षण लिएर जाने अधिकांशमा डेंगु पुष्टि हुने गरेको छ ।

सम्बन्धित समाचार

दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिगोे दृष्टि समाचारदाता ललितपुर २०८० कात्तिक २२ गते बुधबार दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र श्रेष्ठको...

दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २८ गते आइतबार दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम ०८० असोज २८ गते आइतबार घटस्थापनाका...

ताजा अपडेट

विकासशिल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २७ गते शनिबार विकासशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा २०८० असोज २७ गते शनिबार सम्पन्न...