२०७९ भाद्र १५/ काठमाडौँ । लोक सेवा आयोग, केन्द्रीय कार्यालयले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी ७ (सात) दिन भित्र कार्यालयमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।
सामूहिक परीक्षण र अन्तर्वार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत् सञ्चालन हुनेछ । यस्तै आयोगले सिफारिस र कारबाहीसम्बन्धी सूचना पनि प्रकाशित गरेको छ ।