राजनीति

गठबन्धन बैठक: शीर्षमै ‘बार्गेनिङ’

२०७९ भाद्र १६/ काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट र मोडालिटीको विषयमा सत्तारूढ पाँच दलीय गठबन्धन आबद्ध शीर्ष तहमा नै असहमति देखिएको छ ।

गठबन्धनले बनाएको कार्यदलको पटक पटकको बैठकमा सिट बाँडफाँटको मोडालिटी र संख्यामा असहमति भएपछि सो विषय शीर्ष तहमा पुगेको थियो । तर, बुधबार बसेको शीर्ष तहको बैठकमा समेत नेताहरूले आ-आफना दलको बार्गेनिङ राखेपछि कार्यदलमा जस्तै सिट संख्या र मोडालिटीमा विवाद भएको हो ।