राजनीति

प्रदेश र संघमा ललितपुरमा एमालेका कोको भए सिफारिस(नामसहित)

२०७९ भाद्र २० ललितपुर। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि नेकपा एमालेले ललितपुरमा ३ वटै प्रतिनिनिधिसभा र ६ वटै प्रदेशसभाका आकांक्षी उम्मेदवारको सूची मातहतका क्षेत्रीय कमिटीले सिफारिस गरेको छ। आईतबारको निर्वाचन क्षेत्रीय समन्वय कमिटि तथा प्रदेश निर्वाचन क्षेत्रीय कमिटिको बैठकले आकांक्षी उम्मेदवारको सूची जिल्ला कमिटिसमक्ष सिफारिस गरिएको पार्टी जिल्ला कार्यालय सचिव रमेश चन्द्र घिमिरेले जानकारी दिएका छन्।

उनका अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ र २ मा सर्वसम्मत नाम सिफारिस गरिएको छ। १ नं क्षेत्रबाट बहालवाला सांसद नवराज सिलवाल नै सिफारिस भएका छन् भने २ नं तर्फ प्रेम महर्जनको नाम सर्वसम्मत सिफारिस गरिएको छ। ३ नं क्षेत्रका लागि अमृत खड्का र बाबुराम थापाको नाम सिफारिस गरिएको छ।

प्रदेश तर्फ भने कुनै पनि क्षेत्रमा सर्वसम्मत हुन् नसकेपछि बहुआकांक्षीको नाम सिफारिस गरिएको छ। जसअनुसार क्षेत्र नं १ को क तर्फ पार्टी प्रदेश कमिटि सचिवालय सदस्य मधुसुदन पौडेल, प्रदेश कमिटि सदस्यहरु रामकृष्ण हुमागाईं, रामचन्द्र दहाल,जिल्ला कमिटि सदस्यहरु रमेशचन्द्र घिमिरे, गौरी अधिकारी, गणेश आचार्य, कृष्ण प्रसाद सापकोटा, नगर कमिटि अध्यक्ष प्रभाकर थापा तथा रामशरण घिमिरेको नाम सिफारिस गरिएको छ। यसैगरी प्रदेश ख तर्फ वर्तमान प्रदेश सांसद चेतनाथ संजेल, पार्टी प्रदेश कमिटि सदस्य मिठाराम केसी,नवराज तिमल्सिना ,राजेन्द्र न्यौपाने ,तिलक लामा र भवानी बजगाइँको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको छ ।

क्षेत्र नं २ को क तर्फ महालक्ष्मी नगरपालिकाका पूर्वमेयर तथा एमाले केन्द्रिय लेखा आयोग सदस्य रामेश्वर श्रेष्ठ, जिल्ला कमिटि सदस्य आशा राई, लेखापढी व्यवसायी सिताराम दाहाल ,खेलकुद महासंघ सचिव मेघराज पौडेल ,जिल्ला कमिटी सदस्य सहकुल खत्री र मोहन तण्डुकार ,पार्टी नगर कमिटि सचिव विपिन कार्की , जिल्ला कमिटि सचिव राम राउत ,रामशरण घिमिरे र दिपक केसीसमेतको नाम सिफारिस गरिएको छ। यसैगरी ख तर्फ भने वर्तमान प्रदेश सांसद ज्ञानेन्द्र शाक्य तथा पार्टी ललितपुर महानगर १२ नं वडा कमिटिका अध्यक्ष श्यामगोपाल महर्जनको नाम सिफारिस गरिएको छ।

क्षेत्र नं ३ को प्रदेश क तर्फ रघुनाथ महर्जन, दिनेश कार्की, राजेन्द्र श्रेष्ठ, बाबुकाजी प्रधान, सुमित्रा खड्का,रामशरण दहाल,देवकी श्रेष्ठको नाम सिफारिस गरिएको छ भने ख तर्फ जीवन खड्का, प्रेमभक्त महर्जन, चन्दन थापा र रेश्मा थापाको नाम सिफारिस भएको छ। सिफारिस भएका नामको विषयमा जिल्ला कमिटीमा छलफल गरी प्रदेश कमिटि र केन्द्रिय कमिटिमा पठाईनेछ।