२२ भदौं ०७९, चापागाँउ । ललितपुरको चापागाउंमा पहिलो र नमुनाका रुपमा किसानको हकहितका लागि गोदावरी तरकारी तथा फलफूल व्यवसायी संघ विधिवत रुपमा स्थापना भएको छ । संघका अध्यक्ष खोम प्रसाद दहालले जिल्ला प्रशासन कार्यालय र गोदावरी नगरपालिकाको कार्यालयमा भर्खरै संघ दर्ता गरिएको हो ।
९ जनाको कार्यसमिती रहेको सघको उपाध्यक्ष केशव बजगाई छन् । सचिवमा कृष्ण घिमिरे, कोषध्यक्ष रोसन घिमिरे रहेका छन् । सविना जोशी, सन्तोषी तिमल्सिना, ज्योती तिम्ल्सिना गंगाराम घिसिङलगायत छन् । अन्य व्यावसायीहरुलाई समेत समेटेर संघलाई विस्तृत बनाउने र दक्षिण ललितपुरको फलफुल तथा तरकारी व्यावसायलाई सदृढ बनाउने लक्ष्य राखेको उनले बताए ।
किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य नपाउनुले कृषि पेशाबाटै विमुख हुनुपर्ने अहिलेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै व्यवसायीक संघ दर्ता गरिएको उनले बताए । किसानले उत्पादन गरेका वस्तुको बजारीकरण र उत्पादित वस्तु बजारसम्म ल्याउने माध्यम नहुदा किसान सहरमुखी हुनु परेको र कृषि पेशा छाडेर अन्य पेशामा लाग्नु पर्ने अवस्थामा परिवर्तन ल्याउन नयाँ प्रयास गरेको उनको भनाई छ ।