२०७९ भाद्र २४ / ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका आफ्ना दुई पूर्व खेलाडीलाई चालु आर्थिक वर्षबाट आजिवन भत्ता दिन सुरुवात गरेको छ । नगरसभाले नीति तथा कार्यक्रममा सागका स्वर्ण पदक विजेतालाई मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।
गोदावरीले आठौं सागका स्वर्ण पदक विजेताद्वय दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई भत्ता दिन सुरु गरेको हो । श्रेष्ठ र महर्जन करातेका पूर्व खेलाडी र अहिलेका प्रशिक्षक हुन् ।
५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर गोदावरीले बिहीबार आफ्ना नगरवासी पिएचडी गर्ने, एइइमा राम्रो नतिजा ल्याउने स्कुल र खेलकुदमार्फत योगदान पुर्याउनेलाई सम्मान गरेको थियो । श्रेष्ठ र महर्जन पनि सोही अवसरमा सम्मानति भएका थिए ।