विविध

शङ्खुमा बालिका बलात्कार घटनाका आरोपित पक्राउ

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोन्ज्योसोम गाउँपालिका–२, शंखुका २८ वर्षीय सबुतमान थोकरलाई प्रहरीले ०७८ फागुन १९ गते घरैबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ललाई फकाई फागुन १८ गते आरोपितकै घरमा लगि बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

आरोपितलाई १९ गते ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसरका एसपी सिद्धिविक्रम साहले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १९ गते नै पाटन अस्पतालमा गरिएकाे इन्सेक अनलाइनले जनाएको छ ।