कला खेलकुद फिचर राजनीति विविध विश्व शिक्षा समाचार स्वास्थ्य

बागमती प्रदेश मानवअधिकार रक्षक सम्मेलन सुरु

टिकाराम दाहाल मकवानपुर ०७८ फागुन २० गते/ बागमती प्रदेश मानवअधिकार रक्षक सम्मेलन सुरु भएको छ । सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मानव अधिकार रक्षकको नाममा भक्षक नबन्न आग्रह गर्नु भएको छ ।

मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै पाण्डेले ०७८ फागुन २० गते यस्तो बताउनु भएको हाे । “मानव अधिकार अत्यन्त गहिरो कुरा हो , अब पुग्यो भन्ने सर्त छैन, सधैं यसबारे सचेत रहनु पर्छ” पाण्डेले भन्नु भयो ।

राज्यपक्षबाट भएको मानव अधिकार हनन् मात्रै मानव अधिकार हनन नभइ घर घरमा पनि मानव अधिकार हननको सवाल रहेको उहाँले बताउनु भयो। घरैभित्र जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार सुनिश्चित हुनुपर्ने उहाँले बताउनु भयाे ।

संघीयताले स्थानीय तहहरूमा नेतृत्वको अवसर कानुन मै ब्यवस्था गरेको र यसले महिला, दलितलगायत सिमान्तकृत समुदायलाई आफ्नो आवाज उठान सक्ने ठाउँमा पुर्‍याएका छौ उहाँले बताउनु भयो । “यसबाट मानव अधिकार रक्षाको सम्मान भएको छ” उहाँले भन्नु भयो ।

शिक्षा, सीप, रोजगारीको सवालमा प्रदेश सरकार सबैलाई सधैं सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे । मानव अधिकार रक्षकको नाममा हुनेगरेको विकृतिहरूको विरुद्ध लाग्न र द्वैद्व चरित्र नदेखाउन पाण्डेले आग्रह गर्नु भयो ।

मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनमा आयोगका सदस्य लिलि थापाले बनेका नीति, नियम,ऐन कानुन कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । महिलाका नाममा समाबेशिताको दुरुपयोग नगर्न र अझै समाबेशिताको सवाललाई ध्यान दिन थापाले आग्रह गर्नुभयाे । कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मानव अधिकार रक्षकहरूको सकारात्मक दबाबले राज्यलाई आधारभुत सुरक्षाको लागि सहयोग पुग्ने बताउनु भयाे । “राज्यलाई जिम्मेवारीमा सहयोग भएको छ, प्रशासकलाई सही निर्णय गर्न सहयोग गर्छ” पाण्डेले बताउनु भयो ।