अर्थ

कर्णालीमा पेट्रोलियम पदार्थको अभाव

काठमाडौँ । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ । वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन् ।

भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले ईन्धन बोकेको नेपाल आउने ट्याङकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ।

सोमबार वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झन थालेपछि तेल हाल्न सवारी साधनको भिड लागेको छ। मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुने नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ।