फाइल तस्बिर
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरेकोले सभामुख अग्नि प्रसाद सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
विनियोजन विधेयकमाथिको छलफलका बाँकी प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख सापकोटाले जानकारी दिए ।
आजको बैठकमा नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग थियो । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।