समाचार

चितुवाको आक्रमणबाट बालकको मृत्यु

काठमाडौँ । तनहुँको बन्दिपूर गाउँपालिकामा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा बन्दिपूर १ का पाँच वर्षीय सुप्रिम थापा रहेको डीएसपी युवराज खडकाले जानकारी दिए ।

खेल्दै गरेको अवस्थामा हराएको बालक छपेली सामुदायिक वनमा मृत फेला पारेका हुन् । बालकको घाँटीमा चितुवाले नंग्रा गाढेको निशान देखियो ।