काठमाडौँ । सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा आजबाट खारेज भएको छ। जेठ १ गतेदेखि लागू गरिएको सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय बुधबार १ असारदेखि खारेज भएको हो।
जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा खारेज गर्ने निर्णय गरेको थियो। जसअनुसार अब सातामा आइतबार हुँदै आएको सार्वजनिक बिदा कटौती भएको छ।
सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्न भन्दै सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय १३ वैशाखको मन्त्रिपरिषद् बैठकबाट गरेको थियो।