काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले ओमानलाई पराजित गरेको छ । ओमानको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै नेपालले ७ विकेटले पराजित गरेको हो ।
आसिफ शेखले सर्वाधिक ६२ रनमा खेलेका थिए भने, ओपनरद्वय कुशल भुर्तेलले ५६ रनको योगदान दिएका थिए । ओमानका लागि फयाज बटले २ तथा खवाल अलीले १ विकेट लिए ।
यसअघि करन केसीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि ओमान ४६.५ ओभरमा मात्र १६३ रनमा सीमित बनेको थियो ।