विश्व

रूसद्वारा बेलायती मिडियाका २९ जनालाई प्रतिबन्ध

रूसले बेलायती मिडियाका २९ जनालाई प्रतिबन्ध लगाएको छ। द गार्जियनका पाँच जना पत्रकारसहित २९ जनालाई रूस प्रवेश गर्न प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले जनाएको छ।

‘रूसबारे र युक्रेनमा भइरहेका घटनाबारे गलत र एकतर्फी सूचना प्रकाशन गरेको हुँदा बेलायती पत्रकारहरूलाई पनि सूचीमा राखिएको छ,’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

रूसले द गार्जियनका प्रधान सम्पादक क्याथरिन भाइनर, शअन वाकर, लुक हार्दिन लगायत पत्रकारहरूलाई प्रतिबन्ध लगाएको हो।

बीबीसी, द सन्डे टाइम्स, द डेली मेल, द इन्डिपेन्डेन्ट, डेली टेलिग्राफ, स्काइ न्युज र अन्य मिडियाहरू र गार्जियनसँगै टाइम्स, द टेलिग्राफ, डेली मेल र इन्डिपेन्डेन्टका प्रधानसम्पादकलाई पनि प्रतिबन्ध लगाएको छ।