समाचार

१६ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले १६ किलो गाँजासहित मकवानपुरको हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा-१९ का ४० वर्षीय किताबसिं गोले, राक्सिराङ गाउँपालिका -१ का ३२ वर्षीय बिक्रमकुमार गोले र सोही ठाउँका ३४ वर्षीय कुमार घ्यावा रहेका छन् ।

मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १६५६ को माइक्रो बसलाई चेकजाँच गर्ने क्रममा माइक्रोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।