स्वास्थ्य

२५ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ८ सय ५६ पीसीआर परिक्षणका क्रममा १९ जना र १ हजार ४९ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बुधबार कसैको मृत्यु नभएको र हाल नेपालमा ९७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।