ललितपुर

ललितपुरको झरुवाराशीमा एक महिला मृत फेला

असार ०७९, काठमाडौँ । ललितपुरको गोदावरी १३ झरुवाराशीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार  झरुवारासीस्थित ढलेपिपल बस्ने ४० वर्षीय अम्बिका बिशंखे आफ्नै घर नजिकै खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।