समाचार

डुंगा पल्टिँदा ६ जना वेपत्ता

फाइल तस्वीर

काठमाडौँ । पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना वेपत्ता भएका छन् । र्‍याफ्टिङ खेलिरहँदा डुंगा पल्टेर उनहिरु वेपत्ता भएका हुन् ।

र्‍याफ्टिङ गर्नेमध्ये भारतीय पर्यटक समेत रहेको पाल्पा प्रहरीले जानकारी दिएको छ । र्‍याफ्टिङमा चालसहित ८ जना थिए ।

उनीहरुमध्ये चालक सकुशल रहेको र एकजनाको उद्धार गरेको बताइएको छ । दुर्घटनापछि वेपत्ताको खोजी भइरहेको जनाइएको छ ।