खेलकुद

आज नेपाल भुटानसँग खेल्दै

काठमाडौँ । आज नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा सुरु हुने प्रतियोगितामा एसियाका १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल र भुटानबीचको खेल यूकेएम एसडी क्रिकेट ओभलमा नेपाली समय अनुसार बिहान ८ः४५ बजे सुरु हुनेछ।

समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन र समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्।