ललितपुर

गैसस महासंघमा नरेन्द्र डंगोलको नेतृत्व

ललितपुर । ललितपुर राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा ललितपुर जिल्ला गैसस महासंघको ९ औँ अधिवेशन तथा २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

विशेष आतिथी गैसस महासंघ नेपालका केन्द्रिय अध्यक्ष श्री राम प्रसाद सुवेदी रहेको छ भने, ललितपुर जिल्ला शाखाको अध्यक्ष श्री टिका दाहालको सभापतित्वमा  भएको हो ।

ललितपुर जिल्लाभरिको गैससहरुलाई आवद्धताको आव्हान गर्दै ९ औँ अधिवेशनबाट सर्वसम्मत लू निभाः बाल सरोकार समूह, ललितपुरका श्री नरेन्द्र डंगोलको अध्यक्षतामा आगामी तीन वर्षका लागि तपसिल अनुसार नयाँ कार्यसमिति चयन गरिएको छ ।

गैसस महासंघको मुलभूत उद्देश्य भनेको देशभर रहेका गैससहरुको हक हित तथा संविधानले दिएको अधिकार प्रयोग गर्दै संगठनात्मक संरचना सृजना गरी स्थानीय सरकार, प्रादेशिक सरकार तथा संघिय सरकारको विकासको काम, पैरवीको काममा सहयोग पु¥याउने रहेको छ ।

देश संघियतामा गए संगै नागरिक हक हितका लागि वहस, पैरवी, सामाजिक न्यायको लागि आवाज, विकासमा सहयात्रा, लोकतान्त्रिकरणको लागि सहजीकरण, प्रभावकारी सेवा र सुशासनको लागि आवाज, शान्ति र सदभावको प्रवद्र्धन गर्ने गैसस महासंघले लक्ष्य लिएको छ ।