ललितपुर

कोभिड १९ बिरुद्ध ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाइदै

ललितपुर । कोभिड १९ बिरुद्ध ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पहिलो सृङ्खलाको २ मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले  फाइजर बायोएनटेक खोप असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ गतदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो ।

जिल्लाका ६ स्थानीय तहमा पाँचदेखि ११ वर्षसम्मका ८० हजार ४९५ जना बालबालिकालाई खोप लगाउने तयारी जिल्ला जनस्वास्थ्य कार्यालय तयारी गरेको स्वास्थ्य कार्यलयका प्रमुख शतिष विष्टले जानकारी दिए ।

उनका अनुसार इटाभट्टामा काम गर्ने र विद्यालयको पहुँचमा नरहेका बालबालिकालाई पनि सम्बन्धित पालिकाबाट खोप दिइने छ । बालबालिकालाई दिइने फाइजर खोपको लागि अनुगमन समेत गरिने प्रमुख विस्टले बताए।