काठमाडौँ । कास्कीको बीपी मार्गस्थित चुलो सेवा प्रा.ल..मा चोरी गर्ने एक युवक प्रहरीले पक्राउ गरेका छन्। चोरी गरेको ३ लाख ६२ हजार ३८० रुपैँयासहित पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रका २१ वर्षीय अजित विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
औद्योगिक क्षेत्रबाट खटिएको प्रहरी टोलीले अजितलाई शंकास्पद अवस्थामा हिँडिरहेको देखेपछि सोधपुछ गरेको थियो। सोधपुछकै क्रममा भाग्न खोजेपछि पक्राउ गरी खोजतलासी गर्दा स्रोत नखुलेको ३ लाख ६२ हजार ३८० रुपैँया र एउटा मोबाइल फेला परेको कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए।
पक्राउ परेका अजितमाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका कसूरमा ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।