स्वास्थ्य

काठमाडौँमा हैजा फैलियो (विज्ञप्ति सहित)

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी भेटिएको पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दुई जनामा हैजा रोगको जीवाणु पत्ता लागेको जानकारी गराएका हुन्। अस्पतालले पानीलाई उमालेर प्रयोग गर्न र पटकपटक साबुनपानीले मिचीमिची हात धुन अनुरोध गरेको छ।

काठमाडौंमा हैजाका बिरामी भेटिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रोकथाम तथा नियन्त्रणका लागि आकस्मिक बैठक बसी छलफल गरेको छ। महाशाखाले सतर्क रहनुका साथै हैजासम्बन्धी लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ।

उनीहरू दुवै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ।