काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो।
पेट्रोलमा प्रतिलिटर २१, डिजेल र मट्टितेलमा २७ तथा हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १९ रुपैयाँले बढाएको निगमले जनाएको छ।
अब पेट्रोल प्रतिलिटर १९९, डिजेल र मट्टितेल १९२ तथा हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर १८२ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत रहेको छ।