काठमाडौँ । एसीसी महिला टी(२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ ।
लगातार दुई खेल जितेको नेपाल समूह ‘बी’ मा ४ खेल सहित शीर्ष स्थानमा छ । यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो ।