ललितपुर । शान्ति शिक्षा अभियान नेपाल नामक गैर सरकारी संस्थाको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ राधिका चोकस्थित शिलान्यास गरिएको हो ।
ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सोही नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले भवनको शिलान्यास गरेकी हुन् ।
भवनलाई शान्ति शिक्षा अभियान नेपालको बहुउद्देश्यीय सिकाई केन्द्रको रुपमा विकाश गर्ने योजना राखिएको छ ।
भवनका कोठाहरु शान्ति शिक्षा अभियान नेपालको कार्यालयका रुपमा रहने छन् । साथै बाँंकी कोठाहरुमा भौतिक तथा इलाइव्रेरी, स्टडी रुम, शान्ति शिक्षा अभियान नेपालका पाहुनाका लागि राख्न होम स्टेलगायतका लागि प्रयोग हुने जनाइएको छ ।