ललितपुर । गोदावरी साहित्य परिषद्को आयोजना र गोदावरी नगरपालिकाको सहयोगमा दुई दिने वक्तृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ।
गोदावरी सामुदायिक पुस्तकालय श्रोत केन्द्र वडिखेलको सभाहलमा आयोजित समारोहमा गोदावरी नगरपालिकाका नगर उपप्रमुख मुना अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।
गोदावरी साहित्य परिषद्का अध्यक्ष वरिष्ठ अधिकारी र सहसचिव नवराज संजेलेले प्रशिक्षण दिनु भएको थियो । गोदावरी नगरपालिका-४ का वडा अध्यक्ष सानुभाइ पहरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मापन भएको हो ।
तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।