काठमाडौँ । टेलिभिजनमार्फत पत्रकारिता गर्दै आएका चर्चित संचारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको राजनीतिक दलको घोषणा अरेका छन्। पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरिएको छ।
मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा समर्थकहरुको उपस्थितिमा घोषणा गरिएको उक्त दलको सभापति लामिछाने आफैँ हुन् भने र अन्य नेताहरुको नाम सार्वजनिक गरिएको छैन।
‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छु,’ उनले भने, ‘हाम्रो पार्टीको नाम हुनेछ– राष्ट्रिय स्वतन्त्र पार्टी।’ लामिछानेले २१ सदस्य रहेको पार्टी मंगलबार नै निर्वाचन आयोगमा दर्ता गरिने पनि जानकारी दिए।