स्वास्थ्य

२४ घण्टामा देशभर १९ जना कोभिड संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

२ हजार ८१४ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । आज १० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२४ पुगेको छ ।

७३ हजार ३०१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।