समाचार

सार्वजनिक शौचालय ३५ संस्थामा प्रयोग गर्न दिने

 

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र व्यापार व्यवसाय गरिरहेका ३५ वटा संस्थाले आफ्नो सार्वजनिक शौचालय प्रयोगका लागि दिने भएका छन् ।

इच्छुक ३५ वटा संस्थाहरुसँग काठमाडौँ महानगरपालिकाले सोमबार सम्झौता गरेको छ । बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सम्झौता भएको हो । सम्झौता ५ वर्षका लागि हो ।