समाचार

मूल्यवृद्धि विरुद्ध हेटौंडामा राँके जुलुस

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौंडामा मंगलबार साँझ विरोध प्रदर्शन भएको छ । राँके जुलुस प्रदर्शन राप्रपा नेपाल निकट युवाहरुले गरेका हुन् ।

विरोध प्रदर्शन गर्दै उनीहरुले गठबन्धन सरकार मूल्यवृद्धि, महँगी र भ्रष्टाचार गर्न मात्र बनेको भन्दै ‘गठबन्धन सरकार मुर्दावाद’ को नारा लगाएका थिए ।

राँके जुलुस प्रदर्शन हेटौंडाको सानो पोखरा, बुद्ध चोक हुँदै सीमा चोकमा कोणसभामा परिणत भएको थियो । उनीहरुले सरकारले तत्काल मूल्यवृद्धि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।