रवि लामिछानेले मंगलवार निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन दिएका थिए।
स्वतन्त्र अभियान र अरु स्वतन्त्र उम्मेदवारीका लागि तयारी गरिरहेकाहरुले लामिछानेको प्रस्तावित पार्टीको नामविरुद्ध उजुरी दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
लामिछानेले दर्ताका लागि प्रस्ताव गरेको नामलाई मान्यता नदिन आयोगलाई अनुरोध गरिएको छ।