ललितपुर

घाइते जनावरलाई अस्पताल पुर्‍याउन भेटरीनरी एम्बुलेन्स

ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्‍याउन बुधबारदेखि भेटरीनरी एम्बुलेन्स सुरु गरेको छ ।

जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरले भेटरीनरी एम्बुलेन्स सेवा सुरु गरेको हो ।

महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले  एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गरे ।

महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्‍याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो एम्बुलेन्स सेवा सुरु गरेको बताए ।