काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो ।
वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदै छ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ ।
डेढ सय जनाबाट पनि ६४ जना प्रतिस्पर्धी छानिनेछन् अनि प्रतियोगिता सुरु हुने गर्ने तयारी छ ।
साउन पहिलो सातादेखि सिजन ४ को प्रसारण सुरु हुने भएको छ ।