राजनीति

नारायणमान बिजुक्छेलाई पत्नी शोक

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ।

बिजुक्छेकी पत्नी शोभा प्रधानको बुधबार दिउँसो उपचारको क्रममा हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिका अनुसार ६२ वर्षीया शोभा क्यान्सरबाट पीडित थिइन्।

प्रजापतिका अनुसार शोभा शिक्षकबाट अवकाश भएकी थिइन् भने उनी नेमकिपाको नेपाल क्रान्तिकारी महिला संघको सदस्य थिइन्।