ललितपुर

पारस्परिक जवाफदेहीता परियोजना कार्यक्रम सम्पन्न

ललितपुर । मानव अधिकार संचार प्रतिष्ठान नेपाल ललितपुरकाे आयाेजनामा पारस्पारिक जवाफदेहिता परियोजना कार्यक्रम सम्पन्न भएकाे छ । यसले नागरिकका मुलभुत सवालहरु स्वास्थ्य, शिक्षा, कृषि र विपदका क्षेत्रहरुमा उल्लेख्य परिवर्तन ल्याएको छ ।

परियोजनाले बस्ती तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि पैरवी र वकालत गर्दै स्थानीय तहमा निति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोग, नागरिक समाज संघ संस्थाहरुलाई गरेको परिचालन र नागरिकहरुका सवाल समाधान गर्नमा सहयोग पुगेको सरोकारवालाले बताएका छन् ।

युएसएआइडी एफएचआइ ३६० को सहयोगमा मानव अधिकार संचार प्रतिष्ठान नेपालले ललितपुर जिल्लाको गोदावरी नगरपालिका र कोम्ज्योसोम गाउँपालिकामा सन् २०१७ देखि २०२२ सम्म सञ्चालन गरेको परियोजना कार्यक्रममा सहभागी सरोकारवालाहरुले ५ वर्ष देखि संचालित परियोजनाले समुदाय र जिल्ला स्तरमा सकारात्मक उपलब्धी हासिल गरेको बताएका थिए ।