स्वास्थ्य

राष्ट्रिय क्षयरोग केन्द्रमा रोजगारीको अवसर

काठमाडौँ । राष्ट्रिय क्षयरोग भक्तपुरको नयाँ ठिमीस्थित केन्द्रले आज सूचना प्रकाशन गरी करार सेवामा कर्मचारी माग गरेको छ।

केन्द्रले एक डाटा इनालिस्ट र एक जना हटलाइन अपरेटरको माग गरेको हो। दुवै पदमा नियुक्त हुने कर्मचारीको कार्यावधि २०२३ डिसेम्बरसम्म रहने केन्द्रले जानकारी दिएको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र निवेदन दिनसक्ने केन्द्रले जनाएको छ।