स्वास्थ्य

फेरि बढ्न थाल्यो कोभिड

काठमाडौं । पछिल्लो दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आज ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ४ सय ९४ नमूना परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा १२ जना सङ्क्रमणमुक्त भएका छन् । हाल १ सय ६३ जना सक्रिय सङ्क्रमित छन् ।

नेपालमा हालसम्म ११ लाख १९ हजार ८ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ, भने ११ हजार ९ सय ५२ जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।