भारतको आसाममा बाढीको कारणले नाजुक भएको छ । ब्रह्मपुत्र र बराक नदीका सहायक नदीमा आएको बाढीको कारण हालसम्म १०८ जनाको मृत्य भएको छ ।
बाढीले ४५ लाख भन्दा धेरै मानिसहरुलाई असर परेको छ । अधिकारीहरूले ‘ पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको पुष्टि भएपछि सङ्ख्या १०८ पुगेको ‘ जनाएका छन् ।
कुल १० हजार ८६९.७ हेक्टर बाली डुबानमा परेको छ ।